नेभिगेशन
अर्थतन्त्र

मञ्जुश्रीको सुपर सेफ लकर सुविधा

काठमाडौं । मञ्जुश्री फाइनान्सले मञ्जुश्री सुपर सेफ लकरको सुविधा सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा कर्पोरेट शाखा थापाथली र न्युरोडबाट लकर सुविधा उपलब्ध गराएको हो ।                    

ग्राहकको सहजताका लागि मञ्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजिट नै यो सेवा प्रदान गर्ने जनाएको छ । सीमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहकले उठाउने विश्वास कम्पनीको छ । विभिन्न आकारमा उपलब्ध यी लकरहरू उच्च प्रविधि युक्त सुरक्षा प्रणाली, फायरप्रुफ र नियन्त्रित वातावरणमा छन् ।                  

ग्राहकले यो सेवा लिन खाता जुनसुकै शाखामा रहे पनि आफूलाई लाई पायक पर्ने लकर सुविधा उपलब्ध रहेका कुनै एक शाखामा गई यो सुविधाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्