नेभिगेशन
अर्थतन्त्र

कर्पोरेट एक्सिलेन्स अवार्डबाट नेपाल लाइफ सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा लाइफ इन्स्योरेन्स विधामा ‘द एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२५’ बाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले सम्मान ग्रहण गरेका छन् ।          

नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांकहरू, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरूजस्ता मापदण्डलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्सलाई सम्मान प्रदान गरिएको हो । कम्पनीका सीईओ पराजुलीले सामूहिक सहकार्यबाट सफलता सम्भव भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्