नेभिगेशन
अर्थतन्त्र

एमडीआरटीबाट ११० अभिकर्ता सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी एमडीआरटी २०२६ का लागि छनोट भएका ११० उत्कृष्ट अभिकर्तालाई नेपाल लाइफ इन्स्योरेन्सले सम्मान गरेको छ । कम्पनीले माघ १३ देखि १५ सम्म पोखराको ग्रान्ड होटलमा आयोजित ‘एमडीआरटी अचिभर्स अवार्ड २०२६’ कार्यक्रममा सन् २०२५ भरि उत्कृष्ट व्यवसाय प्रदर्शन गरेका अभिकर्तालाई विशेष सम्मान गरेको हो ।          

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपाल लाइफको सफलताको मेरुदण्ड अभिकर्ता नै भएको उल्लेख गरे । उनले अभिकर्ताहरूको अथक मेहनतका कारण कम्पनीले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगट्न सफल भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्