नेभिगेशन
अर्थतन्त्र

अगैयामा सन् नेपाल लाइफको सिष्ट तालिम

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँकेको अगैयामा सन नेपाल इन्टरनेसनल सेल्स ट्रेनिङ (सिष्ट) तालिम सञ्चालन गरेको छ । अभिकर्ताको दक्षता, आत्मविश्वास र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको चार दिन चल्नेछ ।          

कार्यक्रमका वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिका महत्त्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए । अभिकर्तालाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकताबारे प्रशिक्षण दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्