नेभिगेशन
अर्थतन्त्र

सामसङ नेपालको होली अफर

काठमाडौं । सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक तथा एक्सचेञ्ज बोनससहितको ‘होली अफर’ सार्वजनिक गरेको छ । अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।              

अफरअन्तर्गत वासिङ मेसिनका विभिन्न मोडेलमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । सातदेखि १२ किलो क्षमतासम्मका एआई इकोबबल फ्रन्ट–लोड, वासर ड्रायर, फुल्ली अटोमेटिक टप–लोड तथा सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनहरूमा छुट तथा क्यासब्याक अफर दिइएको छ । त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।                

सामसङ वासिङ मेसिनमा डिजिटल इन्भर्टर टेक्नोलोजी मोटरमा २० वर्षको वारेन्टी, ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा तथा रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि प्रदान गरिनेछ ।              

साथै, हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्पमा सामसङका होम अप्लायन्स खरिद गर्न सक्नेछन् । पुराना उपकरण साटेर नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकका लागि आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेञ्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्