नेभिगेशन
अर्थतन्त्र

एनसेल सिग्नेचर प्लानमा ग्राहकलाई ५० प्रतिशत छुट

काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म ‘दामी एक्सपिरियन्स’ सँग साझेदारी गर्दै ‘एनसेल सिग्नेचर प्लान’का ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । एनसेलका ग्राहकका लागि ४०० भन्दा बढी आउटलेटमा उपलब्ध हुने गरी ग्राहक लक्षित विशेष छुट योजना ल्याइएको हो । 
दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै विषेश छुट योजना औपचारिक रूपमा सुरु भएको हो । सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका हुन् ।
साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम ‘एनसेल सिग्नेचर प्लान’मा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला तथा मनोरञ्जन स्थलमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । योजना व्यावसायिक नेटवर्किङ र स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ ।
यस अफरअन्तर्गत ‘हेयर एन्ड शान्ति’मा कपाल काट्दा ५० प्रतिशत छुट, ‘दुसित प्रिन्सेस’ होटलमा २० प्रतिशत छुट तथा विभिन्न जिमहरूमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । ग्राहकहरूले यी सुविधाहरू एनसेल एपमार्फत सहजै लिन सक्नेछन् । एपभित्र रहेको ‘दामी एक्सपिरियन्स’मा ट्याप गरी साधारण सक्रियता प्रक्रिया पूरा गरेपछि डिजिटल भिआइपी कार्ड प्राप्त हुन्छ र सूचीकृत पार्टनर ब्रान्डबाट छुट उपभोग गर्न सकिन्छ ।
एनसेलका सीईओ माइकल फोले सिग्नेचर प्लानलाई नेतृत्वदायी भूमिकामा रहेका ग्राहकका लागि थप विशेष बनाइएको बताए । ‘प्रिमियम अनुभूति र जीवनशैलीसँग जोडिएका सुविधासहित हाम्रो सिग्नेचर प्लानले सुरक्षित, गुणस्तरीय र विश्वस्तरीय सञ्चार सेवा प्रदान गर्दै व्यवसायिक सफलतामा सहयोग गर्छ,’ उनले भने ।
दामी एक्सपिरियन्सका सीईओ विजेन्द्र कुँवरले प्रिमियम ब्रान्डहरूमा विशेष छुट उपलब्ध गराउन पाउँदा खुशी व्यक्त गर्दै यसले ग्राहकहरूको व्यावसायिक जीवनशैली अझ परिष्कृत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । मोबिलिटी सेग्मेन्टअन्तर्गत एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम सिग्नेचर प्लान उपलब्ध गराउँदै आएको छ । कर्पोरेट पेशाकर्मी, व्यवसायी र नेतृत्व तहका व्यक्तिहरू लक्षित यी योजनामा भ्वाइस, डेटा, एसएमएस तथा अन्तर्राष्ट्रिय रोमिङ (भ्वाइस र डेटा) सुविधा समावेश छन् ।
योजनाअन्तर्गत २५० जीबीसम्म उच्चगतिको डेटा, असीमित मासिक कल र एसएमएस सुविधा उपलब्ध छ। साथै भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सलगायत प्रमुख गन्तव्यमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबीसम्म रोमिङ डेटा उपलब्ध हुने जनाइएको छ । ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार प्रोफेसनल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ रुपैयाँमा वा प्रिमियम सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ रुपैयाँमा लिन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्