नेभिगेशन
अर्थतन्त्र

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पाएको इनड्राइभले अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचासहित प्लेटिनम ड्राइभर्स गिभअवे सुरुवात गरेको हो ।
इनड्राइभले ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको जनाएको छ । अभियानमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिस ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज छन् ।
फागुन ११ देखि १७ सम्म चल्ने अभियानमा चालकले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ । फागुन १८ देखि इनड्राइभ चालकले साप्ताहिक चुनौतीको शृंखलामा भाग लिने मौका पाउने र प्रत्येकले विशेष पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
अभियानअन्तर्गत एक जनाले टाटा एक्सप्रेस–टी ईभी, दुई जनाले याडिया भेलाक्स ईभी स्कूटर, १६ जनाले सामसङ स्मार्टफोन र चार जनाले स्टेकेसन प्याकेज पाउनेछन् ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ भएको बताइन् । ‘उहाँहरूको अटल समर्पण, उच्च व्यावसायिकता र सेवाप्रतिको इमानदार प्रतिबद्धताले ‘सबैका लागि निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलता’ भन्ने हाम्रो मूल उद्देश्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्