नेभिगेशन
अर्थतन्त्र

हिमालयन रियल्टर्सलाई घरजग्गासम्बन्धी कारोबार अनुमति

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिमालयन रियल्टर्स प्रालिलाई घरजग्गासम्बन्धी कारोबार गर्ने अनुमति दिएको छ । विभागले कम्पनीलाई घरजग्गासम्बन्धी कारोबार गर्ने इजाजतपत्र औपचारिक रूपमा प्रदान गरेको हो ।
विभागको अनुमतिपछि अब प्रविधिमा आधारित चुस्तदुरुस्त घरजग्गासम्बन्धी ब्रोकर सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । प्रचलित कानुन तथा नियमावलीबमोजिम प्रदान गरिएको इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालन गर्न पाउनेछ । साथै, इजाजतपत्रमा तोकिएको सर्तअनुसार कम्पनीले जतिसुकै रकमको कारोबार गर्न सक्ने व्यवस्था छ ।
कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्वपूर्ण कोसेढुंगा भएको उल्लेख गरेको छ । हिमालयन रियल्टर्सले गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्