नेभिगेशन
समाचार

फेरि एकपटक आन्दोलन गर्छौं, जनतामा जान्छौँ : प्रचण्ड

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले एक पटक फेरि आन्दोलन गर्ने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले विकृति र विसंगतिका विरुद्धमा आन्दोलन गर्ने घोषणा गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका विरुद्ध आन्दोलन गर्ने निर्णय भएको बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी, जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भुमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौति हाम्रो अघि थियो । यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ । पार्टी एकतावद्ध भएको छ । हामीले सामुहिक प्रतिवद्धता गरेका छौँ । अबदेखि अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दी, समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ । फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ ।’

उनले पार्टी एकताबद्ध रहेको र अबदेखि अझ सुदृढ एकताको साथ सबैले गुटबन्दीको अन्त्य गर्ने सामुहिक संकल्प लिएको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्