नेभिगेशन
अर्थतन्त्र

लघुवित्तबाट कर्जा लिएर व्यावसायिक तरकारीखेती गरेकी छुः अमिरती खटिकन, लघुवित्त सदस्य, बाँके

म बाँकेको हिरमनियाबाट लघुवित्त सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी छु । मैले उपकार लघुवित्तबाट बिनाधितो ऋण लिएर तरकारी खेतीमा लगानी गरेकी छु । लघुवित्त संस्थाबाट मलाई धेरै सहयोग मिलेको छ । सुरुमा मैले ५० हजार रुपैयाँ कर्जा लिएर तरकारी खेतीमा लगानी गरेकी थिएँ । त्यसपछि विस्तारै बढाएर १ लाख ऋण लिएँ । पछि फेरि ५ लाख रुपैयाँसम्म कर्जा लिएर आफ्नो कामलाई अगाडि बढाएँ । आज यो सम्मेलनमा आउन पाउँदा धेरै खुसी लागेको छ । धेरै कुरा जान्ने बुझ्ने र सिक्ने मौका मिलेको छ ।
वास्तवमै, राम्रो काम नगरी जीवन चलाउन सकिँदैन । मेरो परिवारको कुरा गर्दा मेरो श्रीमान् आफ्नै खेतीबाट उब्जिएको तरकारी बेच्ने काम गर्नुहुन्छ । कान्छो छोरा विदेश गएको छ भने ठूलो छोरा अहिले पढ्दैछ । यो सबै लघुवित्त संस्थाको सहयोगबाट नै सम्भव भएको हो । हिजो सानो पुँजी ऋण लिएर लगानी सुरु गरेर आज घरपरिवारको आर्थिक अवस्थामा सुधार भएको छ । घर–व्यवहार पनि राम्रोसँग चलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्