नेभिगेशन
अर्थतन्त्र

इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी प्रकरणमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी डा। मनोज केसीले पक्राउ गरिएको पुष्टि गरेका हुन् ।
अनुसन्धानअनुसार सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेल लाई लिलाम गरिएको विषय विवादमा परेको थियो । उक्त प्रकरणमा छानबिनको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सिआईबी स्रोतका अनुसार अनुसन्धानका क्रममा बिनाधितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्ने कार्यमा प्राइम बैंकको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्