नेभिगेशन
उपत्यका

'हेलो सरकार'लाई गुनासै गुनासा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन 'हेलो सरकार'लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ।
त्यसका लागि अवधारणापत्र र कार्ययोजना तयार गरी स्वीकृतिका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिए। हेलो सरकारमा विभिन्न बहुच्यानल जस्तै फोन, फेसबुक, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी प्रस्ताव गरिएको सापकोटाले भने।
गुनासोकर्ताले सोझै सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन्। कार्यालयले गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ। प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सम्पन्न गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ।
उनका अनुसार सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा पनि सारिएको छ। जसअनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ। 'सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने प्रस्ताव गरिएको छ। नागरिकले एउटै विषयमा पटक-पटक विभिन्न कार्यालय गुनासो र सुझावका लागि धाउनुपर्ने अवस्था अन्त्य हुने उनले भने।
योजनामा सेवाग्राहीले यसअघि गरेका विवरण, त्यसको अवस्थालगायत अभिलेख पनि प्रणालीमा देखिने प्रस्ताव गरिएको छ। विषयमा पटक-पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको छ।
उनका अनुसार हालै नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन तयार पारिएको छ, उक्त दिग्दर्शनले संघ, प्रदेश, स्थानीय तहसम्म गुनासो दिने सार्वजनिक प्रणालीलाई एकीकृत गर्ने गरेको छ। साथै गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै गुनासो जरुरी तीन दिनभित्र, सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने प्रस्ताव गरिएको छ। त्यति मात्र होइन, गुनासो समाधान भएपछि गुनासोकर्तालाई प्रणालीमार्फत समाधान भएको विषयको जानकारी गुनासोकर्ता कहीँ समस्या समाधान भएको हो वा होइन भन्ने विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर गुनासो फछ्र्यौट हुने गरिएको छ।
हेलो सरकारका अनुसार यो सुधार कार्यान्वयनमा आएपछि हेलो सरकारलाई नागरिक गुनासो दर्ता केन्द्रमा सीमित राखिने छैन। नागरिकका गुनासो व्यवस्थापनका प्रभावी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार र पृष्ठपोषण दिने एवम् सुशासन र शासकीय सुधारको दिशानिर्देश गर्ने सरकारको अंग बन्नेछ।
एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा
हेलो सरकारमा आर्थिक वर्ष २०८२/८३ मा आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १८ हजार ५९८ गुनासो प्राप्त भएकामा आव २०७२/७३ मा बढेर १९ हजार ७२४ पुगेका छन्। अर्थात् आठ महिनामा मात्र ५२ हजार १५६ गुनासा छन्। उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै सरकारप्रतिको विश्वास र भरोसा भएको उनले बताए। सात अपेक्षा कारणले गुनासा बढेको उनको भनाइ छ।
पछिल्ला पाँच आर्थिक वर्षको अवधिमा सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन्। तीमध्ये २०८२/८३ मा मात्र १९ हजार ७२४ गुनासा प्राप्त भएका छन्। जुन पाँच वर्षको कुल गुनासो ५८ प्रतिशतले हो। आव २०७४/७५ देखि २०८०/८१ सम्म चार वटा आर्थिक वर्षमा कुल हजार प्राप्त भएका थिए भने गत आवमा मात्रै ८९ हजार ७२४ वटा गुनासा प्राप्त भएका छन्।
तीन महिनामा ५० हजारभन्दा बढी गुनासा
हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार अवधिमा कुल ५० हजार७२१ गुनासा भएकामा २९ हजार १०० गुनासाको समाधान गरिएको छ। सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५४२ गुनासा फर्काइयो भने ५४० गुनासा नहेरिएका छन्।
एक हजार ८४२ गुनासा हेरिएका, एक हजार ३२० प्रक्रियामा रहेका, हजार ५६ पूर्व तोकिएका, नहेरिएका तथा दुई हजार ४४९ गुनासा अपूर्ण, असम्बन्धित तोकिएका यसैगरी हेलो सरकारको टोल-फ्री सेवामार्फत ५० हजार १९९ वटा फोन कल प्राप्त भएकामा ४० हजार १७ वटा कलको सम्बोधन गरिएको जनाइएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ९१० वटा गुनासा प्राप्त भएका छन्। जसमध्ये हजार १०१ वटा गुनासा फछ्र्यौट भएका छन्। सरकारले सार्वजनिक गरेको सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासो भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्