नेभिगेशन
उपत्यका

अध्यक्ष जोशीलाई मातृशोक

काठमाडौं । नेपाल न्यूज पब्लिकेशन्स प्रालिका अध्यक्ष अनिल जोशीलाई मातृशोक परेको छ । जोशीकी आमा तथा प्रबन्ध निर्देशक अदिश जोशीकी हजुरआमा सूर्यमाया जोशीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचाररत अवस्थामा निधन भएको पारिवारले जनाएको छ । उनको पशुपति आर्यघाटमा आइतबार साँझ अन्त्येष्टि गरिएको छ । दिवंगत सूर्यमायाका एक छोरा र चार छोरी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका