नेभिगेशन
उपत्यका

सवारीज्यानको कसुरमा वडाध्यक्षसहित दुई पक्राउ

काठमाडौं । सवारी दुर्घटनाका घाइतेको मृत्युको ६ महिनापछि रौतहटमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । सवारी ज्यानको कसुर  अनुसन्धानका क्रममा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही ठाउँका २८ वर्षीय त्रिकिशोर कुशवाहालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 
प्रहरीका अनुसार २०८२ असार ६ को दिउँसो करिब १ः४० बजे मौलापुर–३ स्थित विद्युत् कार्यालयनजिक मौलापुर–जयनगर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार सोही ठाउँका  करिब  २० वर्षीय निरज कुशवाहा दुर्घटनामा सख्त घाइते भएका थिए । उनको उपचारका क्रममा गत माघ १७ मा मृत्यु भएको थियो । निरजको मृत्युको ६ महिनापछि प्रहरीले उक्त घटनामा अनुसन्धान पुनः अघि बढाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्