नेभिगेशन
उपत्यका

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसन्तीबाट बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । वैयक्तिक गोपनीयताविरुद्धको कसुरमा श्रेष्ठ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउअघि प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको स्रोतले उल्लेख गरेको छ । 
श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । परिसरका अनुसार सप्तरी–३ का सांसद अमरकान्त चौधरीको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । सरकारले यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास गरिरहँदा श्रेष्ठ जोगिदै आएका थिए । सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सूचना सामाग्रीका विषयमा उठेका प्रश्नमा प्रेस काउन्सिलमार्फत छानबिन र कसुर देखिँदा कार्बाहीका प्रक्रिया अघि बढाउनुपर्नेमा सोझै सञ्चारकर्मी पक्राउ गर्नुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्