नेभिगेशन
उपत्यका

गाँजा तस्करीमा दुई भारतीय पक्राउ

काठमाडौं । बैंककबाट काठमाडौं उत्रिएका दुई भारतीय नागरिक गाँजा तस्करी अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पञ्जावका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । मंगलबार राति थाइल्याण्डबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनीहरुले लगेज आगमनतर्फको भन्सार एरियामा छाडेर भाग्न खाजेका थिए । ती लगेज जाँच गर्दा १८ किलोग्राम गाँजा बरामद भएपछि दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकले विमानस्थलमा पक्राउबाट जोगिन लगेज आगमनतर्फको भन्सार एरियामा छाडेर जाने र केही दिनपछि एजेन्टमार्फत लगेज क्लेम गर्ने गरेको खुल्न आएको प्रहरीले उल्लेख गरेको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्