नेभिगेशन
उपत्यका

सम्पादक श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको एकल इजलासले पत्रकार श्रेष्ठमाथि लागेको कसुरबारे अनुसन्धान अगाडि बढाउन म्याद थप गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएको उजुरीका आधारमा उनलाई बिहीबार ललितपुरको कुसुन्तीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अदालतबाट म्याद थप भएसँगै प्रहरीले श्रेष्ठ र जनआस्थाको कार्यालयबाट बरामद गरिएका डिजिटल उपकरणहरूको प्राविधिक परीक्षण (डिजिटल फरेन्सिक ल्याब जाँच) र विस्तृत सोधपुछको प्रक्रियालाई अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्