नेभिगेशन
उपत्यका

फूलै संसार देख्ने कवि रहेनन्

काठमाडौँ । नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा उनको निधन भएको हो । शव श्रद्धाञ्जलिका लागि मंगलबार नेपाल भाषा मंकाः खलः मा राखिने र दिउँसो शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ ।  
नेपालभाषामा प्रख्यात कृतिहरू दिएका श्रेष्ठ ‘फूलको आँखामा...’ गीतपछि देश तथा विदेशमा चर्चामा रहेका थिए । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् । विसं १९९२ साउनमा जन्मिएका उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । उनी २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद्समेत चुनिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्