नेभिगेशन
उपत्यका

सम्झिइए सन्तनेता

काठ्माडौं । “सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र” को तेस्रो वार्षिक साधारण सभा शनिबार एक समारोहका बीच काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट महलको सभा कक्षमा सम्पन्न भयो । 
सन्तनेता कृष्णप्रसाद भट्टराईको तस्वीरमा माल्यार्पण गरेर प्रारम्भ भएको कार्यक्रममा पूर्वमन्त्री एवम् केन्द्रका आजीनव सदस्य लक्ष्मणप्रसाद घिमिरेले किसुनजीसँग विभिन्न प्रसङ्ग बढो भावुकसँग राख्दै दीर्घकालीन एवम् अल्पकालीन योजना बनाएर केन्द्रलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।
संघीय संसदमा पूर्व महासचिव मनोहर भट्टराईले २०४८ को महानिर्वाचन र २०५० को उपनिर्वाचनमा सन्तनेता कृष्णप्रसाद भट्टराईको पराजयपछि सिंगो देश रोएको प्रसङ्ग उल्लेख गर्दै यो केन्द्र स्थापना हुनु र यसका गतिविधिको खुलेर प्रशंसा गरेका थिए ।
योगमाया विश्वविद्यालयका पूर्व उपकूलपति एवम् सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रमेशकुमार ढुंगेलले किसुनजीले लिएको शान्ति, एकता र मेलमिलापको बाटो नै नेपाली राजनीतिको लागि सही बाटो रहेको भन्दै आफ्नै पार्टी गणतन्त्रमा जाने निर्णय गरेपछि उनले पार्टी परित्याग गरेको तर आफ्नो राजनीतिक अडान नछोडेको बताए ।
राजनीतिक विश्लेषक तथा उद्यमी अरूणकुमार सुवेदीले २०५० सालमा किसुनजीलाई हराउन खेलेको षड्यन्त्रलाई आफूले नजिकबाट देखेको उल्लेख गर्दै केन्द्रको गतिविधि विस्तार गर्दै जानु पर्नेमा जोड दिए । पत्रकार एवम् लेखक कृष्णराज कँडेलले यस केन्द्रको गतिविधिलाई काठमाडौं उपत्यकाबाहिर पनि विस्तार गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रका आजीवन सदस्य ई. दीपकराज जोशीले केन्द्रको वेबसाइट निर्माण र आई.टी. क्षेत्रमा केन्द्रलाई आफूले सघाउन सक्ने कुरामा जोड दिँदै किसुनजीसँगका आफ्नो विद्यार्थी कालका प्रेरक प्रसङ्गहरू सुनाउनु भएको थियो ।
सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रको अध्यक्ष लोकेश ढकालको अध्यक्षतामा भएको तेस्रो साधारण सभामा राष्ट्रियसभाको सदस्य विष्णुकुमारी सापकोटा, वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, राजनीतिज्ञ खेमराज सेढाईं लगायत दर्जनौँ आजीवन सदस्यहरूले आफ्नो धारणा राखेका थिए । सभाले लेखा परिक्षण प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लागायतलाई सर्वसम्मतिबाट पारित गर्दै साधारण सभा समापन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका
गुँला पर्व सकियो

गुँला पर्व सकियो

केही हुँदैछ टुँडिखेलमा

केही हुँदैछ टुँडिखेलमा