नेभिगेशन
उपत्यका

१ करोड ३९ लाख ठगेको आरोपमा एक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट फरार एकजनालाई प्रहरीले ठूलो रकम ठगीको आरोपमा पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातुको वस्तु देखाइ १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा २८ वर्षीय अनिश थापामगरलाई पक्राउ परेका हुन् । उनलाई टोखा–९ मिलन टोलको एउटा गेस्टहाउसबाट गत बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको हो । 
ओखलढुंगाको सिद्धिचरण–१ का उनी जबर्जस्ती करणीको कसुरमा नख्खु कारागारमा थिए । फरार भएपछि उनी काठमाडौं नयाँ बसपार्कमा बस्दै आएको खुलेको छ । उनको साथबाट सुनजस्तो धातु ८५६ ग्राम बरामद भएको छ । प्रहरीले उनलाई कार्बाही अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्