नेभिगेशन
उपत्यका

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए । 
स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन् । 
यसैबीच, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली पत्रकारितामा निरन्तर ५० वर्षभन्दा बढी समय  क्रियाशील उनले राष्ट्रवाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्