नेभिगेशन
उपत्यका

१८ किलोभन्दा बढी थाई गाँजासहित सात पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले झण्डै १८ किलो अवैध थाई गाँजासहित काठमाडौंका छुट्टाछुट्टै स्थानबाट दुई भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ ।   
थाइल्याण्डबाट भिœयाइएको ७ किलो ५६० ग्राम थाई गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । थाइल्याण्डबाट नेपालतर्फ गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा शंकित यात्रुहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ गर्दा गत शुक्रबार थाई एयरवेजको उडानमार्फत आएका उनीहरू समातिएका हुन् । पक्राउ पर्नेहरूमा भारतको मुम्बई ठेगाना भएका २९ वर्षीय शख अबिद मुख्तत र सोही उमेरका उत्तर प्रदेशका २९ वर्षीय मोहम्मद अम्मार छन् । 
यसैगरी ब्युरोको टोलीले काठमाडौं–९ स्थित एक स्थानबाट लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा शनिबार १० किलो ५०० ग्राम थाई गाँजासहित थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको चुरे–१ का २२ वर्षीय सुनिल ठगुन्ना, डोटीको जोरायल–२१ का २१ वर्षीय राजेश कठायत, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–५ की २२ वर्षीया अन्जु लामा, प्यूठानको ऐरावती–३ का २२ वर्षीय गोपाल श्रेष्ठ र सिन्धुपाल्चोककै २२ वर्षीया मनिषा तामाङ छन् । दुवै घटनामा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्