नेभिगेशन
नेपाल

शान्तिसुरक्षा चुस्त बनाउन सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् ।
प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्