नेभिगेशन
उपत्यका

इनमसँग कारोबार जोडिएपछि महेश श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरी हिरासतमा रहेका विचौलिया इनम सापकोटासँग आर्थिक कारोबार देखिएपछि महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए । 
श्रेष्ठ पक्राउको कारण भने खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ परेका महेशसँग बिचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको छ । श्रेष्ठ कांग्रेसका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठका भाइ हुन् । विचौलिया सापकोटासँग न्यायाधीशले भेटेको भनिएको होटल हिमालयको बिल उनै श्रेष्ठले तिरेको आरोप कांग्रेस इतरपक्षका नेताहरुले लगाइरहेका छन् । उमेशको नाम इनमसँग भेटघाट र सेटिङमा समेत जोडिँदै आएको छ । महेशको कारोबार कुन प्रयोजनका लागि थियो भन्ने विषय थप अनुसनधानपछि मात्र खुल्ने प्रहरी स्रोतले बतायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्