नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ मंसिर २ गते बुधबारको राशिफल

मेष 
कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ भने परिवारको सल्लाहमा गरिएको लगानीले दीर्घकालीन फाइदा पु¥याउनेछ । हतारोमा निर्णय गर्दा मानसिक तनाव हुन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला ।

वृष 
शान्त र गम्भीर स्वभावले पारिवारिक तथा व्यावसायिक क्षेत्रका जटिल समस्याहरू समाधान हुनेछन् । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ र प्रेम सम्बन्धमा सुधार आउनेछ । 

मिथुन 
मिजासिलो बानीले सबैको मन जित्न सफल भइनेछ । नयाँ प्रविधि वा अनलाइन सीप सिक्ने अवसर मिल्नेछ । दाजुभाइ तथा छिमेकीको सहयोग पाइनेछ भने व्यावसायिक योजनाहरू अनुकूल रहनेछन् । 

कर्कट 
व्यापार व्यवसायमा मेहनत गरे अनुसारको फल प्राप्त हुनेछ । निर्णय क्षमतामा केही अलमल देखिए पनि इष्टमित्रको सल्लाहले सही मार्गमा पुग्न सहयोग पुग्नेछ । स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ ।

सिंह 
बौद्धिक कार्यमा सफलता मिल्नेछ । अध्ययन वा कामको सिलसिलामा यात्राको योग छ । प्राकृतिक स्रोतसाधनको प्रयोगबाट लाभ लिन सकिनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखद रहनेछ ।

कन्या 
रोकिएका कामहरूले पुनः गति लिनेछन् । आर्थिक कारोबारमा सुधार आउनेछ । कला, साहित्य र सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । परिवारका सदस्यहरूसँग रमाइलो समय बिताउने अवसर जुर्नेछ । 

तुला 
कृषि तथा पशुपालन व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । साथीभाइ र इष्टमित्रको साथ सहयोग प्राप्त हुनेछ । आफ्नै प्रयासले कार्यक्षेत्रमा प्रगति गर्न सकिनेछ । बौद्धिक क्षमताको कदर हुनेछ ।

वृश्चिक 
कामको सन्दर्भमा केही चुनौतीहरूको सामना गर्नु पर्ने हुन सक्छ । सहकर्मीहरूसँग अनावश्यक विवादबाट बच्नुहोला । आर्थिक मामिलामा निकै विचार पु¥याएर मात्र अगाडि बढ्नुपर्ने समय छ । 

धनु 
नयाँ जिम्मेवारी वा नयाँ क्षेत्रमा हात हाल्ने अवसर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा सहभागिता जनाउने योग रहेको छ । दाम्पत्य जीवन र पारिवारिक सम्बन्ध प्रगाढ दबललभ छ ।

मकर 
वाणीमा मधुरता आउनेछ, जसले गर्दा बिग्रँदै गरेका कामहरू पनि बन्नेछन् । व्यापार तथा आर्थिक क्षेत्रमा फाइदाको योग छ । परिवारको सहयोगले ठूलो जिम्मेवारी पूरा गर्न मद्दत पुग्नेछ । 

कुम्भ 
व्यक्तिगत व्यक्तित्वमा निखार आउनेछ । नयाँ कार्यको थालनी गर्नका लागि समय अनुकूल छ । आत्मबल बलियो रहनेछ भने पुराना समस्याहरूको समाधान निस्कनेछ ।

मीन 
वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ । खर्चको मात्रा केही बढ्न सक्ने भएकाले आर्थिक योजना बनाउँदा ध्यान दिनुहोला । अनावश्यक चिन्ताबाट टाढै रही आफ्नो लक्ष्यमा केन्द्रित हुनु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्