नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ मंसिर ३ गते बिहीबारको राशिफल

मेषः 
आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुराको आकस्मिक लाभ मिल्नेछ । प्रायः सबै काम आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । संगीत तथा कलाको क्षेत्रमा सफलता मिल्ला ।

वृषः
गरेको कार्यमा अपेक्षित सफलता मिल्नेछ । प्रियजनसँग कुराकानी गर्ने अवसर जुर्नेछ । व्यापार व्यवसायभन्दा सेवामूलक कार्यमा सफलता मिल्नेछ । पिताको सहयोगले बिग्रिएको काम बन्नेछ ।
मिथुनः
कुनै नयाँ जिम्मेवारी आइलाग्न सक्छ । साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ पाइनेछ । धर्मकर्म र आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ ।
कर्कटः
मनमा विभिन्न कुराहरू खेलिरहन सक्छन् । शान्त र धैर्यपूर्वक काम गर्नुपर्ने समय छ । व्यापारमा नयाँ निर्णय लिन केही समय पर्खनु बेस हुन्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
सिंहः
कुनै कामविशेषले यात्रा वा बाहिर निस्कनुपर्ने हुन सक्छ । जीवनसाथीसँग रमाइलो समय दष्ततलभछ । अध्ययन अध्यापनमा सफलता पाइनुका साथै सानो प्रयासले ठूलो लाभ लिन सकिनेछ ।
कन्याः
मनमा रहेका द्विविधा वा तुष हटेर जानेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । नोकरी तथा पेशामा आफ्नो योग्यताले अरूलाई प्रभावित पार्न सफल भइनेछ ।
तुलाः
नयाँ सोच र योजनाले मन उत्साहित बनाउनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । काम गर्दा हतार नगरेर अलि धैर्य अपनाउनु फाइदाजनक हुनेछ ।
वृश्चिकः

कामकाजमा जिम्मेवारी बढ्नेछ । मेहनतको कदर हुनेछ र आर्थिक पक्ष बलियो बन्दै जानेछ । घरपरिवारसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला ।
धनुः
समय आफू अनुकूल रहनेछ । नयाँ व्यक्तिहरूसँगको भेटघाट र संवाद सफल रहनेछ । छोटो यात्रा तथा भ्रमण फलदायी हुनेछ ।
मकरः
कसैलाई तपाईँको सहयोगको खाँचो पर्न सक्छ । भावनामा अलि उतारचढाव आउन सक्ने भएकाले आर्थिक लेनदेन गर्दा विशेष विचार पु¥याउनुहोला ।
कुम्भः
सोचेअनुसारका काममा समय दिन पाइनेछ । दाम्पत्य जीवन तथा साझेदारीको काममा सकारात्मकता देखिनेछ । अहंकारभन्दा समझदारीबाट काम लिँदा प्रशंसा पाइनेछ ।
मीनः
सबै कुरा आफ्ना अनुकूल नहुन पनि सक्छ, तसर्थ समयसँग सम्झौता गर्दै अघि बढ्नुपर्नेछ । दैनिक काम र स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । अनुशासनले राम्रो नतिजा दिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्