नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ मंसिर ५ गते शनिबारको राशिफल

मेषः 
खर्च बढ्न सक्छ, आर्थिक कारोबारमा सचेत रहनुहोला । गोपनीयता जोगाउनु उपयुक्त हुन्छ । साँझतिर मनमा केही शान्ति र आत्मविश्वास बढ्नेछ ।
वृषः 
आम्दानीका नयाँ स्रोत वा रोकिएको काममा प्रगति देखिन सक्छ । साथीभाइ र आफन्तबाट सहयोग मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
मिथुनः 
कामको चाप र जिम्मेवारी बढ्न सक्छ, तर मेहनतको फल सकारात्मक रहनेछ । मान्यजन वा वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी हुनेछ ।
कर्कटः 
धार्मिक, आध्यात्मिक वा यात्रासम्बन्धी विषयमा मन जान सक्छ । भाग्यको साथले अधुरा काम अघि बढ्ने संकेत छ । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला ।
सिंहः 
स्वास्थ्य र खानपानमा विशेष सावधानी अपनाउनुहोस् । हतारमा निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्य राख्दा अनावश्यक झन्झट टर्नेछ ।
कन्याः 
साझेदारी, भेटघाट र पारिवारिक सामञ्जस्यमा जोड दिनुपर्ने दिन छ । जीवनसाथी वा नजिकका व्यक्तिको साथले काम सहज बन्नेछ ।
तुलाः
प्रतिस्पर्धामा जित र रोकिएका काम पूरा गर्न सकिने समय छ । ऋण वा स्वास्थ्यसम्बन्धी विषयमा सचेत रहनुहोला । दैनिक काममा ऊर्जा रहनेछ ।
वृश्चिकः 
पढाइ, सिर्जनात्मक काम र सन्तानपक्षका विषयमा ध्यान जानेछ । मनमा नयाँ योजना बन्न सक्छन्, तर भावनामा बगेर खर्च नगर्नुहोला ।
धनुः 
घरपरिवार, जग्गाजमिन वा घरायसी सुखसुविधामा समय बित्न सक्छ । आमा वा परिवारका अग्रजको सल्लाह उपयोगी रहनेछ । मन अलि संवेदनशील हुन सक्छ ।
मकरः 
आत्मविश्वास र संवाद कौशल बलियो रहनेछ । छोटो दूरीको यात्रा वा दाजुभाइ÷छिमेकीसँगको भेटघाट लाभदायक हुन सक्छ ।
कुम्भः 
बोली र आर्थिक लेनदेनमा विचार पुर्याउनुहोला । संचित रकमको सुरक्षा र पारिवारिक संवादमा ध्यान दिनु आवश्यक छ ।
मीनः 
चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास, ऊर्जा र व्यक्तित्वमा निखार आउनेछ । नयाँ सुरुवात वा व्यक्तिगत योजनाका लागि दिन अनुकूल छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्