नेभिगेशन
अर्थतन्त्र

प्रोटोन ईमासको एक्सचेञ्ज अफर

काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालनमा रहेको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेञ्ज अफर कार्यक्रम सार्वजनिक गरेको छ । पूर्वनिर्धारित तालिकामा एक दिन थपिएपछि अब यो अफर नोभेम्बर २१ देखि २४ सम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन भइरहेको छ ।

यस कार्यक्रममार्फत विद्यमान सवारी साधन परिवर्तन गर्न चाहने ग्राहकहरूले प्रोटोन ईमासको नवीनतम प्रविधि, प्रमुख विशेषता, सेवा सुविधा तथा उपलब्ध अफरहरूबारे विस्तृत जानकारी पाउनेछन् । कम्पनीका अनुसार एक्सचेञ्ज अफर ४६ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुनेछ ।

प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनईडीसी रेञ्ज उपलब्ध छन् । उन्नत सुरक्षा संयन्त्र, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइसहितको यो मोडेल अत्याधुनिक ईभीतर्फ अपग्रेड गर्न इच्छुक ग्राहकका लागि उत्कृष्ट विकल्प हुने कम्पनीले जानकारी दिएको छ । यस विशेष अफरले वातावरणमैत्री र प्रविधिकरूपमा उन्नत इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उपयुक्त अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्