नेभिगेशन
अर्थतन्त्र

माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२५ को अवसरमा लगानीकर्ताहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । लगानी सचेतना अभिवृद्धि गर्नका लागि देशव्यापी रूपमा विभिन्न क्षेत्रहरूलाई समेटेर शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको हो ।

लगानीकर्ता तथा जनमानसमा शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरू गर्ने उद्देश्य अनुरुप मंसिर २५ देखि पुस २ सम्म केही कार्यक्रम सम्पन्न भइसकेको माछापुच्छ्रे क्यापिटलले जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकी कार्यक्रमहरू पनि सम्पन्न गर्दै लैजाने जनाएको छ ।

माछापुच्छ्रे क्यापिटलले क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्कोमा अध्ययनरत एमबीएका विद्यार्थी र मकवानपुर बहुमुखी क्याम्पसमा बीबीएका विद्यार्थी, क्षेत्रीय होटल संघका पदाधिकारी, रेष्ट्रुरेन्ट एण्ड बार एशोसिएसनमा कार्यरत कर्मचारी, चितवन, स्याङ्जाको वालिङस्थित अर्जुनचौपारी गाउँपालिका कर्मचारी तथा स्थानीयलाई सहभागी गराई सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्