नेभिगेशन
अर्थतन्त्र

बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर धामी

काठमाडौं – अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेटर हेमन्त धामीलाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रम गुट्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

तीन वर्षका लागि गरिएको यो सहकार्य हरेक वर्ष आपसी सहमतिमा पुनःसम्झौता गर्ने व्यवस्था सहित अघि बढाइने बिज एजुकेशनले जनाएको छ । संस्थाका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभइ युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनसँग जोडिएको छ ।

यसअघि बिज एजुकेशनले हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्वराष्ट्रिय कप्तान उपेन्द्रमान सिंह र ब्याडमिन्टन खेलाडी स्वोरलिन श्रेष्ठलाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ । क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा सबैलाई समान रूपमा अघि बढाउने संस्थाको दृष्टिकोण थप स्पष्ट भएको छ । एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले संस्थाले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई सही निर्णय गर्न सक्षम बनाउने जिम्मेवारी लिएको बताए । उनले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको उल्लेख गर्दै, पर्याप्त तयारी र बजेट बिना महँगो देश रोज्नु उपयुक्त नहुने धारणा राखे ।

नवनियुक्त ब्रान्ड एम्बेसडर धामीले शिक्षा, खेलकुद र युवाको भविष्यमा लगानी गर्ने संस्थासँग आबद्ध हुन पाउँदा गर्व लागेको बताउँदै, खेल र अध्ययन सँगसँगै अघि बढ्न सकिने सन्देश युवामाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । बिज एजुकेशनले आगामी दिनमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय सचेतना र नेपाली युवाको प्रतिभा प्रवर्द्धनका कार्यक्रम निरन्तर अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्