नेभिगेशन
खेलकुद

करनले जिते टेनिसमा मेन्स सिंगलको उपाधि

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधि करनबहादुर थापाले जितेका छन् ।

बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै उनले ८० हजार नगदसहित ट्रफी मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका आयुषमानले नगद ४० हजार सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

त्यसैगरी ३५ वर्ष माथिको मेन्स सिंगल जितेन्द्र परियारले जितेका छन् । फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उनले सो उपाधि आफ्नो नाम गराएका हुन् । जितसँगै जितेन्द्रले नगद ६० हजारसहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे भने दोस्रो स्थान हासिल गरेका सन्तोषले ३० हजारसहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले एक समारोहका विच पुरस्कार प्रदान गरे । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहका विच नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षरसमेत गरिएको थियो । आयोजक समितिका प्रथम उपाध्यक्ष नवीन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद