नेभिगेशन
मनोरञ्जन

जोर्डन–हीर वियोगान्तमा फेरिएको प्लट

 

काठमाडौँ । फिल्म निर्देशक इम्तियाज अलीको सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘रकस्टार’ बलिउडको एउटा यस्तो सिर्जना हो, जसले समयस“गै आफ्नो चमक गुमाउनुको साटो झन् गाढा बनाउ“दै लगेको छ । हालै एउटा ‘फ्यान मीट’ कार्यक्रममा इम्तियाजले यो फिल्मको क्लाइमेक्सका बारेमा गरेको खुलासाले फेरि एकपटक सिनमा समीक्षकहरूमाझ नया“ बहस सिर्जना गरेको  । 
इम्तियाजका अनुसार सुरुवाती पटकथामा नायिका हीर कौल (नरगिस फाखरी)को मृत्यु हुने प्लट नै थिएन । उनले जोर्डन र हीरको प्रेमलाई अर्कै किसिमको विछोडमा टुंग्याउने सोच बनाएका थिए । तर, फिल्म निर्माण प्रक्रिया अघि बढ्दै जा“दा र जोर्डनको चरित्रमा आउने पागलपनलाई न्याय गर्न हीरको मृत्यु भएको प्लट सिर्जना गरिएको थियो । 
इम्तियाजले महसुस गरे कि जबसम्म जोर्डनले आफ्नो सर्वस्व गुमाउँदैन, तबसम्म उसको संगीतमा त्यो ‘अथाह पीडा’ र ‘आध्यात्मिक गहिराइ’ आउन सक्दैन । कथामा वियोगान्तका केही प्लट पुनर्लेखन गरियो । यसका लागि ‘हीररांझा’को कथाको वियोगको प्लटबाट प्रभावित भएको इम्तियाजले बताएका छन् । हीरको मृत्युले नै जनार्दन जाखडलाई एउटा सफल तर भित्रैदेखि रित्तिएको ‘रकस्टार’ बनाइदियो ।
फिल्मको मेकिङस“ग जोडिएका किस्साहरू पनि निकै रोचक छन् । रनवीर कपुरले जोर्डनको भूमिकाका लागि आफूलाई पूर्णरूपमा समर्पित गरेका थिए । उनले गितार बजाउन मात्र सिकेनन्, बरु महिनौंसम्म संगीतकार एआर रहमानको स्टुडियोमा बसेर संगीतको भाव बुझ्ने प्रयास गरे । सुटिङका क्रममा रनवीरले वास्तवमै कडा जाडोमा कश्मीरी लुगा लगाएर घण्टौंसम्म सटहरू दिएका थिए । यो फिल्म उनको करिअरका लागि ठूलो माइलस्टोनका रूपमा रह्यो । रोचक कुरा के छ भने, यो फिल्मको सुटिङ उल्टो क्रममा गरिएको थियो । 
जोर्डनको कपाल र लुक्समा आउने परिवर्तनलाई प्राकृतिक देखाउन फिल्मको अन्त्यका दृश्यहरू पहिला र सुरुका दृश्यहरू पछि खिचिएका थिए । करिब ६० करोड भारुको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा १०८ करोडभन्दा बढीको कारोबार गर्दै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।
‘रकस्टार’ को मुटु भनेकै एआर रहमानको संगीत र मोहित चौहानको आवाज हो । फिल्मका सबै गीतहरू एक से एक अर्थपूर्ण छन्, जसले कथालाई अघि बढाउन संवादको भन्दा ठूलो भूमिका खेलेका छन् । 
‘कुन फाया कुन’ जस्तो आध्यात्मिक सुफी गीतदेखि ‘साड्डा हक’ जस्तो विद्रोहको आवाजलाई दर्शकले अझै पनि उत्तिकै रुचाउ“छन् । इम्तियाज अलीको कथा वाचन शैली यसमा अलि ‘नन–लिनियर’ र प्रतीकात्मकता छ । उनले एउटा सामान्य केटा कसरी पीडा र प्रेमको बाटो हु“दै संगीतको शिखरमा पुग्छ भन्ने कथनकलाई निकै कलात्मक ढंगले प्रस्तुत गरेका छन् । 
नरगिस फाखरीको पहिलो फिल्म भए पनि उनको र रनवीरको केमेस्ट्रीले पर्दामा जादु नै चलाएको थियो । फिल्मको छायांकन दिल्लीका गल्लीदेखि कश्मीरको हिउ“ र इटालीको भेरोनासम्म गरिएको थियो, जसले दृश्यहरूलाई भव्य बनाएको छ । आज १३ वर्षपछि पनि ‘रकस्टार’ को चर्चा हुनुले यो केवल एउटा फिल्म मात्र नभएर एउटा भावनात्मक यात्रा थियो भन्ने पुष्टि गर्छ । कथामा हीर बा“चिरहेको भए सायद जोर्डनको संगीतमा त्यो ‘दर्द’ सुनिने थिएन, जुन आज पनि मानिसहरूको कानमा गुञ्जिरहन्छ ।
इम्तियाज अली बलिउडका यस्ता निर्देशक हुन् जसले फिल्मलाई केवल एउटा कथाका रूपमा मात्र नभई ‘आन्तरिक यात्रा’का रूपमा प्रस्तुत गर्छन् । ‘रकस्टार’ उनको करियरको यस्तो मोड थियो, जहाँ उनले व्यावसायिक सिनेमाको घेरा तोडेर एउटा दार्शनिक र मनोवैज्ञानिक आयामलाई पर्दामा उतारे ।
इम्तियाजका प्रायः सबै फिल्मका पात्रहरू आफ्नो पहिचान खोज्न घरबाट टाढा निस्कन्छन् । ‘रकस्टार’मा जनार्दन जाखड (जोर्डन) आफ्नो भित्रको कलाकारलाई जगाउन जानीजानी पीडाको खोजीमा निस्कन्छ । इम्तियाजले यो फिल्ममा देखाउन खोजेका छन् कि एउटा मानिस कलाकार बन्नका लागि उसले आफ्नो सामाजिक मर्यादा र सुख–सुविधालाई कसरी तिलाञ्जली दिन्छ ।
इम्तियाज र रहमानको जोडीले ‘रकस्टार’ मा संगीतलाई केवल मनोरञ्जनका लागि प्रयोग गरेनन्, यहाँ संगीत नै फिल्मको ’संवाद’ हो ।
‘कुन फाया कुन’ जोर्डनको आध्यात्मिक शरणको प्रतीक हो । ‘साड्डा हक’ उसको सामाजिक विद्रोह र आक्रोश हो । ‘नादान परिन्दे’ उसको घर फर्कने छटपटी र अन्तिम शान्ति हो । इम्तियाजले गीतका शब्दहरूलाई पटकथाको अभिन्न हिस्सा बनाउने गर्छन्, जसले गर्दा दर्शकले पात्रको मनको अवस्था गीतबाटै बुझ्न सक्छन् ।
आफूले निर्देशन गर्ने फिल्मका लागि इम्तियाज कथा आफैं लेख्छन् । उनले ‘रकस्टार’ मा कथालाई सिधा रेखामा प्रस्तुत गरेनन् । फिल्मको सुरुवात जोर्डनको एउटा कन्सर्टबाट हुन्छ र त्यसपछि कथा फ्ल्यासब्याकमा जान्छ । यो शैलीले दर्शकलाई जोर्डनको वर्तमान अवस्था र उसको विगतको निर्दोषपनबीचको खाडल महसुस गराउ“छ । उनले समयलाई टुक्रा–टुक्रा गरेर जोड्ने कला यस फिल्ममा उत्कृष्ट ढंगले प्रयोग गरेका छन् ।
उनका फिल्ममा लोकेसनले पनि एउटा पात्रको भूमिका खेल्छ । ‘रकस्टार’ मा दिल्लीका सडक, कश्मीरको हिउँ, र निजामुद्दीन दरगाहलाई जसरी खिचिएको छ, त्यसले जोर्डनको बदलिँदो मनस्थिति झल्काउ“छ । इम्तियाज आफैं घुमफिरका सौखिन भएकाले उनका फिल्ममा यात्रा र भूगोलले भावनात्मक अर्थ राख्छन् ।
उनका फिल्ममा प्रेमकथाहरू सधंै सबै मिलनमा मात्र टुंगिदैन । ‘रकस्टार’ मा उनले देखाएका छन् कि कहिलेकाही“ प्रेम पाउनका लागि होइन, बरु आफूलाई पूर्ण बनाउनका लागि गरिन्छ । हीर र जोर्डनको प्रेम भौतिक रूपमा असफल भए पनि आध्यात्मिक रूपमा उनीहरू सधैं जोडिएका छन् भन्ने भाव उनले फिल्मको अन्त्यमा छोडेका छन् ।
इम्तियाजले ‘रकस्टार’ मार्फत बलिउडमा सुफी विचारधारा र आधुनिक रक संगीतको एउटा अनौठो संगम गराए । उनले एउटा यस्तो नायक जन्माए जो बाहिरबाट सफल देखिन्छ तर भित्रबाट पूर्णतः रित्तो छ । फिल्म पुरानो हुँदै गए पनि दर्शकका लागि कथा पस्किने शैली सधैं ताजा अनुभूत गराइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्