नेभिगेशन
कानून/द्वन्द्व

बरामद रकम सवा चार करोड, सुनका गहना नौ किलो

काठमाडौ (संवाददाता) – सामाखुसीको एउटा घरबाट मंगलबार बरामद रकम ४ करोड २५ लाख ५० हजार नगद र सुनका गरगहना ९ किलोभन्दा बढी रहेको पाइएको छ । हातले गन्दागन्दै हैरान भएपछि बैकबाट मेसिन ल्याएर नोट गणना गरिएको काठमाडौ उपत्यका प्रहरी परिसरले जनाएको छ ।

पैसा र सुनको स्रोत खुलाउन नसकेका घर धनी ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले बुधबार अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवनको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार श्रेष्ठलाई थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो । 

ठूलो परिमाणमा नगद रकम राखिएको सूचना पाएर उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगञ्ज र प्रहरी वृत्तको संयुक्त टोलीले मंगलबार दिउँसो काठमाडौ –२६ सामाखुशीस्थित श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।

त्यहाँबाट नगद ९० हजार ५ सय रुपैयाँ र केही गर गहना बरामद भएको छ । बाबुलाई नियन्त्रणमा लिएको प्रहरीले बुधबार उनका छोरा सनम खड्गीले कोठा भाडामा लिएको काठमाडौ –१७ नयाँ बजारको घरमा समेत खानतलासी गरेको छ ।

सामाखुसी र नयाँ बजारबाट बरामद धनमाल प्रहरीले बुधबार सार्वजनिक गर्दै कुल ४ करोड २६ लाख ४० हजार पाँच सय रुपैयां नगद, सुनका गर गहना ९ किलोभन्दा बढी र चाँदीका गर गहना करिब तीन किलो बरामद भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्