नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

एसईई परीक्षा र उच्च शिक्षामा अस्वस्थ प्रतिस्पर्धा

विद्यालय शिक्षाको फलामे ढोका भनिएको पहिलेको एसएलसी परीक्षा पछिल्ला वर्षमा केही सहज बनेको छ । पक्कै पनि विद्यालय शिक्षाका लागि दश कक्षाको परीक्षा निकै महत्वपूर्ण मानिन्छ । विद्यालय शिक्षा हरेकका लागि आफ्नो जीवनको महŒवपूर्ण मानिन्छ । तर विद्यालय शिक्षालाई व्यावहारिक र जीवनउपयोगी तथा सीपमूलक बनाउन जरुरी छ । विद्यालय शिक्षा जीवनको महŒवपूर्ण क्षण र अवस्था हो । सरकारले पछिल्ला वर्षहरूमा विद्यालय शिक्षामा सुधार गर्न खोजेको देखिन्छ । सामुदायिक विद्यालयहरूको रिजल्टमा पनि सुधार हुँदै गएको पाइन्छ । स्थानीय तह तथा पालिकाहरूले पनि स्थानीय तहका विद्यालयहरूको शिक्षामा सुधार गरेको देखिन्छ । मुलुकका विभिन्न क्षेत्रमा रहेका सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार भएको हुँदा विद्यालयको शिक्षामा केही सुधार भएको देखिन्छ । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले विगतका वर्षमा भन्दा छिटो रिजल्ट प्रकाशन गरेको छ । यो आफैंमा पनि महŒवपूर्ण कुरा हो । सरकारले समयमै एसर्ईईको रिजल्ट सार्वजनिक गरेर एउटा राम्रो सुरुवात गरेको छ । समयमै रिजल्ट सार्वजनिक भएपछि विद्यार्थीको समय खेर जाँदैन । एसईईको परीक्षालाई सरकारले विद्यार्थीलाई बोझिलो बनाउनुहुँदैन ।
यस वर्षको इसईईको नतिजामा सुधार आएको छ । यो वर्षको इसईई परीक्षामा उत्र्तीण प्रतिशतको दर ६५ दशमलव ९८ प्रतिशतमा रहेको छ । यो गत वर्ष ६१ दशमलव १७ प्रतिशतले इसईई उत्तीर्ण गरेको थिए । यो वर्ष गत वर्षको भन्दा उत्तीर्ण प्रतिशतमा निकै सुधार भएको अवस्था छ । सामुदायिक तथा सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूको परीक्षाको गुणात्मक अवस्थामा पनि सुधार भएको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा सार्वजनिक गरेअनुसार ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५दशमलव ९८ प्रतिशत विद्यार्थी उत्र्तीण भएको अवस्थाले विद्यालय तहको शिक्षामा विद्यार्थीको उत्र्तीण प्रतिशत बढ्नु आफैंमा राम्रो पक्ष हो । गत वर्षभन्दा झण्डै ५ प्रतिशत विद्यार्थीको उत्तीर्ण प्रतिशत बढ्दा विद्यार्थी, शिक्षक विद्यालय तथा अभिभावकलाई पक्कै पनि उत्साह बढाएको छ । तर बाँकी उत्तीर्ण हुन नसकेको विद्यार्थीको अवस्था र उनीहरूले अध्ययन गरेको विद्यालयको अवस्थाको पहिचान गर्नुपर्ने हुन्छ । कतिपय विद्यालयको भौतिक तथा शैक्षिक अवस्था कमजोर रहे पनि विद्यार्थीको रिजल्ट उत्साहजनक देखिएको छ । सरकारले कमजोर आर्थिक तथा भौतिक अवस्था भएको विद्यालयको स्तर माथि उठाउन शिक्षामा लगानी बढाउन आवश्यक छ । मुलुकको विपन्न र विकट क्षेत्रमा रहेको सामुदायिक विद्यालयको अवस्थामा सुधार गर्न राज्यले मुुलुकभरका विद्यालहरूको अवस्था र उनीहरूको सम्भावनाको पहिचान गर्न सक्नुपर्छ ।
त्यसैगरी अर्कातर्फ निजी विद्यालयहरूले ४ जीपीएको ग्रेडिङका लागि अनावश्यक दबाब सिर्जना गरेको पनि देखिन्छ । विद्यार्थी तथा अभिभावकहरू ग्रेडिङको दबाबमा परेर विद्यालयले अनावश्यक हस्तक्षेप र दबाब दिएको घटना पनि छन् । विद्यार्थीलाई सहज वातावरणमा पठनपाठन हुने अवस्था हुनुपर्छ । ४ जीपीए तथा ठूलो ग्रेडिङ देखाउन भइरहेको निजी विद्यालयहरूको अस्वस्थ प्रतिस्पर्धा आज पनि छ । त्यस किसिमको गलत अभ्यास भने रोकिनुपर्छ । विद्यार्थीमाथि विद्यालय, अभिभावक वा कोही कसैले पनि अनावश्यक दबाब दिनु राम्रो कुरा होइन । 
अर्को महŒवपूर्ण पक्ष भनेको कक्षा ११ र १२ भर्नामा लागि प्लस टु संचालन गरिरहेका निजी कलेजहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ । ठूला ग्रेडिङ देखाएर कलेजहरूले भर्नाका लागि गरिरहेको अस्वस्थ प्रतिस्पर्धा आफैंमा राम्रो कुरा होइन । राज्यले उच्च शिक्षामा भइरहेको अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्छ । राम्रो अंक ल्याएका कतिपय विद्यार्थीहरू निजी कलेजको महँगो शुल्क र भर्नामा हुने अस्वस्थ खेलका कारण भर्ना हुनबाट वञ्चित भएको अवस्था पनि छ । सरकारले उच्च शिक्षामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र अति व्यापारीकरण रोक्न जरुरी छ ।
उच्च शिक्षालाई महँगोभन्दा पनि सर्वशुलभ र आम विद्यार्थी तथा अभिभावकको पहुँतमा पु¥याउन आवश्यक छ । विद्यालय शिक्षा र उच्चशिक्षाबीचको खाडललाई घटाउन सक्नु आवश्यक छ । कक्षा ११ र १२को पठनपाठनलाई सीपमूलक र रोजगार तथा प्रविधिमा आधारित बनाउन सरकारले शिक्षालाई जीवनोपयोगी बनाउन सक्नुपर्छ । निजी र सरकारीबीचको खाडल घटाउन आवश्यक छ । कतिपय सरकारी तथा सामुदायिक विद्यालयहरूको अवस्थामा सुुधार गर्न आवश्यक छ । उनीहरूको पठनपाठनमा संघ, प्रदेश तथा स्थानीय तीनै तहको सरकारको लगानी र अनुगमन दुवै पाटोलाई बढाउन आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्