नेभिगेशन
उपत्यका

काठमाडौंंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौं, २४ भदौ – काठमाडौं उपत्यकामा सुरक्षा परिस्थिति थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्र कर्फ्यु आदेश लागू गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, शुक्रबार बिहान ५ बजे सकिएको अघिल्लो कर्फ्यु हटे पनि त्यसभन्दा तीन घण्टापछि, बिहान ८:३० बजेदेखि अनिश्चितकालका लागि नयाँ कर्फ्यु घोषणा गरिएको हो ।

कर्फ्यु क्षेत्र बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी हुँदै बल्खु र बागमती पुलसम्म फैलिएको सम्पूर्ण चक्रपथ वरपर लागू हुने प्रशासनले जनाएको छ ।

यो अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्तिलाई सडकमा निस्कन, सभा–जुलुस वा विरोध प्रदर्शन गर्न कडाइका साथ निषेध गरिएको छ ।

जेनजी आन्दोलनमा प्रहरीसँगको भिडन्तमा हिजो मात्रै १९ जनाको मृत्यु भएपछि प्रशासनले थप कठोर कदम चालेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्