नेभिगेशन
उपत्यका

भक्तपुरको बालकोटमा गोली चल्यो, दुईजना घाइते

काठमाडौं, २४ भदौ - प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढ्दै गर्दा भक्तपुरको बालकोटमा गोली चलेको छ । 

गोली लागेर दुई जना घाइते भएका छन् । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा जेनजी आन्दोलनकारीले आगजनी गरेका छन् । आन्दोलन उग्र बन्दै जाँदा अपराह्न आन्दोलनकारीले ओलीको घरमा आगो लगाएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्