नेभिगेशन
उपत्यका

लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँ, २५ भदौ । हालको असामान्य परिस्थितिको अनुचित लाभ उठाउँदै लुटपाटमा संलग्न व्यक्तिहरूमध्ये २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरिएको छ ।

त्यस्तै, काठमाडौँको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको अभियोगमा थप पाँच जना पक्राउ परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्