नेभिगेशन
कानून/द्वन्द्व

राजनीतिक पदको आशा, लोभ र दौडमा नरहेको रबिको भनाइ

मङ्गलबार साँझ फेसबुक लाइभमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफू कुनै राजनीतिक पदको आशा, लोभ र दौडमा नरहेको बताएका छन् । उनले कानूनलाई सघाउदै कारागारले रिहाई गर्ने निर्णय सहितको पत्र प्राप्त गरेपछि मात्र रिहा भएको प्रष्ट्याएका छन् ।

'अबको नागरिक सरकार जेनजीको चाहना बमोजिम हुनुपर्छ ।' उनले लाइभमा भने, 'म सेना र प्रहरीको सम्पर्कमा छु, म कारागार जानुपर्छ भन्नुहुन्छ भने म जुनसुकै बेला तयार छु ।'

लामिछानेले नेताहरुको सम्पत्ति छानबीन गरी भ्रष्ट्राचार गरेर कमाएको भए राष्ट्रियकरण गर्नुपर्ने कुरामा जोड दिए ।  

Karagar-paper-1757491530.jpg
रविलाई कारागारले उपलब्ध गराएको पत्र


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्