नेभिगेशन
साहित्य
जातक कथा

हाँस्ने र रुने बोको

एकदिन बुद्ध जेतावनमा बसिरहेका थिए । त्यहीबेला केही भिक्षुहरुले उनलाई सोधे, “के भेडा, बाख्रा र अरू जनावरलाई पितृको नाममा भोग दिँदा पितृहरूले पाउछन् ?” 
बुद्धले भने, “अहँ ।” कसैको जीवन लिएर कहिल्यै भलो हुँदैन । यसले कसैको भलाई हुन सक्दैन । 
धेरै वर्षअघि, जब राजा ब्रह्मदत्त जेतवनमा राज्य गर्थे, त्यहीबेला एकजना ब्राह्मणले आफ्ना दिवंगत पितृको लागि एउटा बोको भोग दिन आफ्ना केही चेलाहरूलाई भने, “बाबु हो ! यो बोकोलाई नदीमा लैजाऔ । राम्ररी नुहाइदेओ र चिटिक्क पारेर ल्याओ । घाँटीमा एउटा माला पनि लगाइदेओ । केही अन्न देओ । अनि यहाँ लिएर आओ ।” 
चेलाहरूले त्यो बोकोलाई खोलामा लिएर गए । जब उनीहरूले त्यो बोकोलाई नदीतिर लैजादै थिए, त्यो अस्वभाविक रुपमा हाँस्न थाल्यो । त्यसको केहीबेरपछि फेरि रुन थाल्यो ।
चेलाहरू भने बोकाको व्यवहार देखेर तीन छक परे । उनीहरूले बोकालाई सोधे, “तिमी किन आकास्मात यसरी हाँसेको ? त्यसपछि फेरि किन यति जोडले रोएको ?” 
“यो प्रश्न आफ्नै गुरुलाई सोध,” बोकाले भन्यो ।
अन्ततः बोकालाई हतार हतार नुहाएर गुरुकहाँ लगे । भएको सबैकुरा आफ्ना गुरुलाई सुनाए । यो सुनेर गुरुले बोकालाई सोधे, ”तिमी किन त्यसरी हाँस्ने र रुने गरेको ?” 
एकछिनपछि बोकाले भन्यो, “म पनि तिमीजस्तै वेद पढाउने गुरु थिएँ । एउटा बोकालाई मरेका आफन्तका नाममा भोग दिएको थिएँ । त्यो एउटा मात्र बोको मारेकाले मेरो टाउको ४९९ पटक काटी सकिएको छ । म यसकारण हाँसें कि, जनावरको रुपमा यो मेरो अन्तिम बलिदान हो । आजदेखि दुखःबाट मुक्ति पाउनेछु । अनि यसकारण रोएँ, मलाई मारेपछि तिम्रो टाउको ५०० पटक काटिने छ ।  यो तिमी प्रतिको प्रेम थियो । त्यसैले रोएँ ।”
“ठीक छ, म तिमीलाई मार्दिनँ ।”
“तिमीले मारे पनि, या नमारे पनि आज मृत्युबाट भाग्न सक्दिनँ ।”
“तिमी चिन्ता नगर । तिमीलाई कडा सुरक्षा दिएर राख्छु ।”
“तिमीले मेरो कुरा बुझेनौ ।” 
तिम्रो सुरक्षा शक्ति कमजोर छ । मेरो कुकर्म निकै शक्तिशाली छ । त्यसैले तिमीले सुरक्षा दिन सक्दैनौं ।
ब्राह्मणले बोकाको डोरी फुकाएर छोडिदियो । चेलाहरूलाई भन्यो, “यसलाई हानी हुने ठाउँमा नलैजानू । कसैलाई पनि यसलाई मार्न नदिनू ।” उनीहरूले गुरुको आदेश पालन गरे । जब बोको डोरीबाट छुट्यो ऊ घाँस चर्न थाल्यो । एकछिनपछि ठाडो घाँटी लगाएर पोथ्राको पात खान थाल्यो । त्यही बेला तल एउटा ठूलो धारिलो रुखको टोड्का । उसले टोड्कातिर फाल हान्यो । टोड्काको चुच्चोमा परेर उसको घाँटी छिन्यो । ऊ त्यहीँ तुरुन्तै म¥यो । ऊ वरिपरि मानिसहरु भेला भए । अचम्म मान्दै घटनाबारेमा कुरा गर्न थाले ।
एउटा रूखले उक्त बोका किनेको दिनदेखि उसको नाटकीय मृत्यु सम्मका सबै घटना अवलोकन गरिरहेको थियो । त्योबेलाको रूख म थिएँ भन्दै बुद्धले कथा यहीँ टुंग्याए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य