नेभिगेशन
साहित्य

बाल साहित्यका सात संग्रह एकसाथ सार्वजनिक

काठमाडौं । बाल साहित्य सम्बन्धी सातवटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । हामी दाजुभाई,  ब्रिटिश काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमालगायतले बाल कथा संग्रह सार्वजनिक गरेका हुन् । 
    सो अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, सुशीला तामाङको ‘आइतीको बिहे’, अस्मिता बादीको ‘हैतमाको हिम्मत’, बिना थिङको ‘नामको कथा’ र संगीता उराँवको ‘सुर्जीको उज्यालो’ गरी सातवटा कथा संग्रह सार्वजनिक गरिएका थिए । 
    कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताए । जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा उनले जोड दिए । 
    कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधानले हिमाल, तराइ र पश्चिमी नेपालको कथा बाल साहित्यमा कम लेखिएको बताए । कार्यक्रममा प्रा डा तारानिधि भट्टराई, केन्द्रका अध्यक्ष अनन्त वाग्ले, स्रष्टा गंगा कर्माचार्य पौडेल, कलाकार अनामिका गौतम, सामाजिक अभियानकर्मी गौरी नेपाली, ब्रिटिश काउन्सिलका युक्ता खड्का आचार्य, विद्यालय तहका बालिकाद्वय सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘नेपालको जलस्रोत’ सार्वजनिक

‘नेपालको जलस्रोत’ सार्वजनिक

कथाहरू

कथाहरू