नेभिगेशन
साहित्य

मुन्धुम शब्दकोश सार्वजनिक

याक्थुङ (लिम्बू) जातिको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा प्रयोग हुने विशिष्ट शब्द समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ ।
    डिबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङद्वारा संकलित तथा लिखित उक्त शब्दकोश मुन्धुम एकाडेमीले प्रकाशन गरेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरे ।
    लिम्बू, नेपाली र अंग्रेजी भाषामा तयार गरिएको ४२० पृष्ठको शब्दकोशमा एक हजार ५०० भन्दा बढी शब्द समेटिएका छन् । पुस्तकमा सिरिजंगा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको लेखक विष्णुदत्त आङ्बुहाङले जानकारी दिए ।
    मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ स्पष्ट पार्न शब्दकोश तयार गरिएको लेखकद्वयले बताएका छन् । याक्थुङ भाषा, साहित्य र मौलिक ज्ञान प्रणालीको अध्ययन तथा संरक्षणमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुस्तकको मूल्य रु दुई हजार रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य