नेभिगेशन
प्रदेश

बलान  नदीमा खाल्डो खनेर लुकाइएको २३१ किलो गाँजा बरामद

सिरहा । सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीबाट प्रहरीले २३१ किलो ८०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
बुधबार राति करिब १ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बलान नदिको बीचमा खाल्डो खनी लुकाएर राखिएको अवस्थामा गाँजाजस्तो पदार्थ बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रहरी चौकी बेल्ही तथा सशस्त्र प्रहरी बलको बीओपी बेल्हीसँग समन्वय गरी खोजतलास गर्दा सातवटा पोकामा राखिएको उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्लास्टिकको बोरा हटाएर तौल गर्दा २३१ किलो ८०० ग्राम रहेको प्रहरीले जनाएको छ। तर, घटनास्थलमा कुनै व्यक्ति फेला परेनन्।
बरामद पदार्थ कसले र कुन प्रयोजनका लागि खोलाको बीचमा खाल्डो खनेर लुकाएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्