नेभिगेशन
राजनीति

सर्वोच्चमा थपिए ४ न्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् । चारजना नयाँ थपिएसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ । संविधानअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीसहित २१ न्यायाधीश हुने व्यवस्था छ । 
राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ ग्रहण गराएका हुन् । यसअघि, प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्