नेभिगेशन
उपत्यका

एक महिनाभित्रै डीडीसीका ३० ‘आउटलेट’

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
     उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डीडीसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो । काठमाडौंको बूढानीलकण्ठ, बनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वरलगायत क्षेत्रमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले राससलाई जानकारी दिए ।
    यसैबीच, डीडीसीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा आइतबार नयाँ सजावटसहितको ‘आउटलेट’ सञ्चालनमा ल्यायो । उक्त आउटलेटको महाप्रबन्धक पाण्डेले उद्घाटन गरे । 
    आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डीडीसीका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादन सहजै प्राप्त गर्न सक्नेछन् । डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको छ । डीडीसीले साधारण र गाईको दूध, दही, मही, पनिर, घ्यू, आइसक्रिम, रसबरी, फ्रेस दूधलगायत दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । निकट भविष्यमा उपत्यका बाहिरका प्रमुख सहरमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने लक्ष्य रहेको महाप्रबन्धक पाण्डेको भनाइ छ ।
    डीडीसीले आफ्ना उत्पादनलाई अनलाइन माध्यमबाट पनि बिक्रीवितरण गर्ने योजना अघि सारेको छ । केही दिनभित्र अनलाइन मार्केटिङ सुरु हुने महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
    ‘हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौं, ‘सब्सक्रिप्सन’ गरेका भरमा अनलाइनबाट डीडीसीका उत्पादन पाउन सकिन्छ, यो सेवा दुई÷चार दिनमा सुरु हुन्छ,’ उनले भने, ‘सहज ढंगबाट डीडीसीको उत्पादन उपभोक्ताको घरमै पु¥याउने उद्देश्यका साथ काम भइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्