मेष
नयाँ कामको थालनी गर्नका लागि दिन शुभ छ । रोकिएका कामहरू बन्नेछन् र आर्थिक लाभको सम्भावना छ । साँझपख आफन्तसँगको भेटघाटले मन थप प्रफुल्लित हुनेछ ।
वृष
पारिवारिक सुख र शान्ति बढ्नेछ । व्यापार–व्यवसायमा राम्रो प्रगति हुनेछ । आज गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने देखिन्छ ।
मिथुन
साथीभाइ र इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । छोटो यात्राको योग रहेको छ । यात्राका त्रममा नयाँ र रोचक व्यक्तिहरूसँग चिनजान हुन सक्छ ।
कर्कट
स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन र अध्यापनमा मन जानेछ र सफलता मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा तपाईंको जित सुनिश्चित जस्तै देखिन्छ ।
सिंह
समाजमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । अग्रजहरूको आशीर्वाद र सल्लाहले तपाईंलाई थप ऊर्जा प्रदान गर्नेछ ।
कन्या अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सजग रहनुहोला । मिहिनेतको फल ढिलै भए पनि मिल्नेछ । धैर्य नगुमाई आफ्नो नियमित काममा निरन्तर लागिरहनु बुद्धिमानी हुनेछ ।
तुला
प्रेम सम्बन्ध सुमधुर रहनेछ । आयआर्जनका नयाँ र दिगो स्रोतहरू फेला पर्नेछन् । जीवनसाथीसँगको समझदारीले घरायसी समस्याहरू सहजै समाधान हुनेछन् ।
वृश्चिक
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ । साथीभाइको भरपुर साथ मिल्नेछ । थपिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्दा भविष्यमा पदोन्नतिको बाटो खुल्नेछ ।
धनु
धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ । रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । मन्दिर वा तीर्थस्थलको भ्रमणले मनमा शान्ति र सकारात्मक ऊर्जा ल्याउनेछ ।
मकर बोली र व्यवहारमा संयमता अपनाउनुहोला । सोचेको काम पूरा हुन केही समय लाग्न सक्छ । हतारमा निर्णय गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्नेछ ।
कुम्भ
रचनात्मक र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । कला तथा साहित्यको क्षेत्रमा रुचि राख्नेहरूका लागि आजको दिन विशेष फलदायी हुनेछ ।
मीन
प्रतिस्पर्धीहरू परास्त हुनेछन् । आर्थिक स्थिति बलियो बन्नेछ र मन प्रशन्न रहनेछ । लामो समयदेखि रोकिएको धन फिर्ता आउनाले पारिवारिक आवश्यकताहरू पूरा गर्न सहज हुनेछ ।