नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ जेठ १९ गते मंगलबारको राशिफल

मेष
मनभित्रको उत्साह फेरि जाग्नेछ । आफ्ना प्रिय व्यक्तिसँग बिताएका केही पलले दिनलाई अझ सुन्दर बनाउनेछन् । स्वास्थ्यमा भने अलिकति ध्यान पु¥याउनु राम्रो हुनेछ ।
वृष
मनमा राखेका योजना बिस्तारै सही दिशातर्फ अघि बढ्नेछन् । सानो अवसरलाई पनि हल्का रूपमा नलिनुहोस्, काम मन लगाएर पूरा गर्नु राम्रो हुनेछ । आर्थिक कारोबार गर्दा भने सावधानी अपनाउनुहोला ।
मिथुन
घरमा खुसी बाँड्ने कुनै कुरा हुन सक्छ । आफ्नो समय सही ठाउँमा खर्च गर्दा दिन अझ फलदायी बन्नेछ । साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन् ।
कर्कट
नयाँ चिनजानले राम्रो प्रभाव छोड्न सक्छ । सिकेको कुरा व्यवहारमा उतार्दा त्यसको लाभ चाँडै देखिन थाल्नेछ । छोटो दूरीको यात्रा योग रहेको छ, जसले मनलाई आनन्दित तुल्याउनेछ ।
सिंह
आफन्तसँगको आत्मीय कुराकानीले मन हलुका बनाउनेछ । आफूले दिएको वचन निभाउँदा सम्मान बढ्नेछ । अध्ययन तथा सिकाइमा रुचि बढ्ने दिन छ ।
कन्या 
रोकिएको कामले फेरि गति समाउनेछ । कसैले गरेको विश्वासको कदर गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ । व्यापार व्यवसायमा लागेकाहरूलाई सोचेभन्दा राम्रो फाइदा मिल्नेछ ।
तुला
मन लागेको काममा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ । वरिपरिको वातावरण मिलाउँदा मनमा पनि ताजापन आउनेछ । खानपानमा ध्यान नदिँदा सामान्य स्वास्थ्य समस्या आउन सक्छ ।
वृश्चिक
मीठो बोलीले टाढिएका सम्बन्ध पनि नजिक ल्याउन सक्छ । सानो खुसीले दिनभरि अनुहारमा मुस्कान राख्नेछ । कामको चाप बढ्न सक्ने भएकाले समयको व्यवस्थापनमा ध्यान दिनुहोला ।
धनु
धैर्यका साथ अघि बढ्दा अल्झिएका कुरा आफैं मिल्न थाल्नेछन् । परिवारसँग बिताएको समयले मनमा शान्ति थप्नेछ । अपिरिचित व्यक्तिलाई छिटै विश्वास गरिहाल्नु उचित हुँदैन ।
मकर
फरक अनुभवले नयाँ सोच जन्माउनेछ । मनले चाहेको काममा समय दिँदा आत्मसन्तुष्टि मिल्नेछ । सामाजिक काममा सहभागी हुँदा तपाईंको प्रशंसा हुनेछ ।
कुम्भ
आफ्नो लगनले राम्रो परिणाम दिन थाल्नेछ । लामो समयदेखि थन्किएको काम सकिँदा मन ढुक्क हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्ने सम्भावना छ ।
मीन
सिर्जनशील सोचले नयाँ बाटो देखाउनेछ । आफूले थालेको काम पूरा भएपछि नयाँ ऊर्जा महसुस हुनेछ । मान्यजनको आशीर्वाद र सुझावलाई शिरोधार्य गर्दा सफलता नजिकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्