नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साउन २० गते बुधबारको राशिफल

मेष 
आजको दिन उत्साहपूर्ण रहनेछ । आँटेका र ताकेका कामहरू सहजै पूरा हुनेछन् । आर्थिक लाभको सम्भावना छ भने रोकिएका महŒवपूर्ण कार्यहरू बन्ने योग छ । कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ ।

वृष 
पारिवारिक सुख शान्ति बढ्नेछ । तपाईंको मीठो बोलीको प्रभावले रोकिएका काममा सफलता मिल्नेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ, तर खानपान र स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

मिथुन
नयाँ कार्यको थालनी गर्ने अवसर जुट्न सक्छ । व्यापार तथा व्यवसायमा राम्रो फाइदा हुनेछ । साथीभाइ र इष्टमित्रको पूर्ण सहयोग प्राप्त हुनेछ । छोटो तर फलदायी यात्राको सम्भावना छ ।

कर्कट 
आज खर्च बढ्ने योग छ, त्यसैले आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । अनावश्यक विवादमा नफस्नु नै बेस हुनेछ । वैदेशिक वा टाढाको यात्रा भने फलदायी रहन सक्छ ।

सिंह 
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । लामो समयदेखि रोकिएको धन प्राप्त हुन सक्छ । अध्ययन र अध्यापनमा मन जानेछ । पुराना साथीभाइसँगको भेटले नयाँ ऊर्जा थप्नेछ ।

कन्या 
कर्म क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ । समाजमा मान–सम्मान प्राप्त हुने योग छ । मान्यजनको सल्लाह र आशीर्वादले काममा ठूलो फाइदा पुर्याउनेछ । जागिरमा पदोन्नतिको सम्भावना देखिन्छ ।

तुला 
आज भाग्यले पूर्ण साथ दिनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । लामो दूरीको यात्रा वा तिर्थाटनको अवसर जुर्न सक्छ । परोपकार र समाजसेवामा मन जानेछ ।

वृश्चिक
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । विशेष गरी खानपान र मौसमी परिवर्तनमा ध्यान दिनुहोला । गोप्य कुराहरू बाहिरिन सक्ने भएकाले आफ्ना योजनाहरू गोप्य नै राख्नु बुद्धिमानी हुनेछ ।

धनु 
दाम्पत्य जीवन अत्यन्त सुखमय रहनेछ । प्रेम सम्बन्धमा थप प्रगाढता आउनेछ । व्यवसायमा साझेदारीको कामबाट मनग्य लाभ मिल्नेछ । मनोरञ्जनका क्षेत्रमा समय व्यतीत हुन सक्छ ।

मकर 
शत्रुहरू आफैं परास्त हुनेछन् । कुनै पनि प्रतिस्पर्धा वा विवादमा विजय प्राप्त हुनेछ । मामावली वा मातृपक्षबाट विशेष सहयोग मिल्नेछ । रोकिएका मुद्दामामिला तपाईंको पक्षमा आउन सक्छन् ।

कुम्भ
सन्तानको प्रगतिले मनमा खुसी छाउनेछ । बौद्धिक र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य र संगीतमा रुचि बढ्नेछ । विद्यार्थी वर्गका लागि आजको दिन निकै राम्रो छ ।

मीन 
पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ । घर जग्गा वा सवारीसाधनसम्बन्धी काममा फाइदा हुनेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ भने घरायसी काममा मन रमाउनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्