नेभिगेशन
दृष्टिकोण

छापा पत्रकारिताका चुनौती र अवसर

पत्रकारिताको सशक्त माध्यमका रूपमा उदाएको छापा पत्रकारिताको महŒव र आवश्वयकता आजको कृत्रिम बुद्धिमत्ता (एआई)सम्म आइपुग्दा यसको क्षेत्र र दायरा झन् बढी फराकिलो भएको छ । १५औं शताब्दीको सुरुवातबाट गुटेनबर्गले सुरु गरेको प्रेस आज डिजिटल तथा अनलाइन मिडियाको युगसम्म आइपुग्दा पक्कै पनि छापा पत्रकारिता निकै चुनौतीपूर्ण मोडमा उभिएको छ । सूचना प्रविधिको द्रुत विकासले पाठक, दर्शक तथा मिडिया प्रयोगकर्ताहरूलाई पनि मिडियाको कन्टेन्टको चर्को दबाब देखिन्छ । 
गुटेनबर्गले आधुनिक प्रेसको अविष्कार गरेसँगै पश्चिमा देशहरूबाट सुरु भएको आधुनिक नेपाली छापा पत्रकारितामा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९०८ मा बेलायत भ्रमणबाट फर्किएर आउँदा साथमा ल्याएको गिद्धे प्रेस(हाते प्रेस)बाट सुरु भएको छपाइको नयाँ युग आज अत्याधुनिक पे्रसको स्थापनासम्म आइपुगेको अवस्थाले नेपाली छापा पत्रकारिताले फड्को मारेको छ ।  विसं १९५८ मा गोरखापत्रले नेपाली पत्रकारिताको विकासमा ठूलो टेवा पु¥याएको पाइन्छ । 
नेपालमा पत्रकारिताको विकासले नेपाली समाजका रूपान्तरण, जनताको अधिकार, राजनीतिक आन्दोलन र विभिन्न क्रान्तिहरूमा निर्वाह गरेको भूमिका पनि आफैंमा बलियो दस्तावेजका रूपमा रहेको छ । आज नेपाली समाजको लोकतान्त्रिक मूल्य र मान्यता, नागरिकको अधिकार र सुशासनका लागि पत्रकारिता जगतले निर्वाह गरको भूमिका र खबरदारीले नेपाली जनस्तरमा निकै बलियो स्थान बनाएको छ । नीतिगत पैरवी तथा राष्ट्रिय राजनीतिक र नीतिगत कमी कमजोरी, राष्ट्रिय मुद्धाहरूमा छापा पत्रकारिताले उठाएका मुद्धाहरूले राज्यलाई ठूलो दबाब सिर्जना गरेको अवस्था पनि छ । 

डिजिटल मिडियाको प्रभावका कारण पनि छापा पत्रकारितालाई त्यति सजिलो छैन । अनलाइन र सामाजिक सञ्जालले क्षणभरमै सूचना उपलब्ध गराउने हुँदा २४ घण्टापछि आउने छापा पत्रिकाको पहुँच र आकर्षणमा पक्कै पनि चुनौती थपिएको छ । त्यसैले पनि छापा पत्रकारिताको संस्करणलाई पछिल्लो पटक पाठकहरूमाझ आधुनिक तरिकाबाट पस्कने तरिकाहरू पनि विकास भएका छन् । 
आर्थिक संकट र विज्ञापनको कमीका कारण पनि नेपाली छापा पत्रकारिता अप्ठ्यारो अवस्थामा छ । आर्थिक संकटबाट गु्रजिएको अहिलेको छापा पत्रकारिता कठिन घडीमा छ । निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनमा कटौती गर्दा निजी क्षेत्रका सञ्चार माध्यमहरू अहिले समस्यामा परेका छन् । निजी सञ्चार माध्यमहरूले नागरिक अधिकार, लोकतान्त्रिक विकास र पद्धतिका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । निजी सञ्चार माध्यम पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजनलगायतका निजीस्तरका सञ्चारमाध्यमहरूको भूमिकालाई राज्यले सहज र उदार बनाएको अवस्थामा लोकतान्त्रिक पद्धति, सुशासन र जनताको अधिकारलाई सस्ंथागत गर्न ठूलो भूमिका निर्वाह गरेका थिए । निजी लगानीको संरक्षण, सुरक्षा र लगानी विस्तार गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ । 
छापा पत्रकारिताले पठनपाठन सस्कृति र नागरिकको साक्षरताका लागि महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । विज्ञापनदाताहरू डिजिटल प्लेटफर्मतर्फ आकर्षित हुँदा पत्रपत्रिकाको मुख्य आयस्रोत (विज्ञापन) घटेर वित्तीय स्थायित्व जोखिममा परेको अवस्था आजका लागि निकै ठूलो चुनौती बनेको छ । मुद्रण लागातर वितरण खर्च कागज, मसी तथा यातायात खर्च निरन्तर वृद्धि हुनु र दूरदराजसम्म समयमै पत्रिका पु¥याउन कठिन हुनु अर्को चुनौती थपिएको छ । दूरदराजका स्कुल, कलेज तथा ग्रामीण क्षेत्रमा सर्वसुलभ रूपमा पत्रपत्रिकाको वितरण र पहुँच विस्तार गर्नुपर्ने अवस्था छ । आज पाठक वर्गको घट्दो संख्यालाई पूरा गर्न अनलाइन पत्रकारिताका माध्यमबाट उनीहरूलाई छापा पत्रकारिताको सामग्री पस्कन सक्ने अवस्थामा जानुपर्ने बाध्यता छ । नयाँ पुस्ता छापा माध्यमभन्दा मोबाइल वा डिजिटल स्क्रिनमा समाचार पढ्न बढी अग्रसर भइरहेको अवस्थामा छापा पत्रकारिताले पनि आफ्नो सामग्री युवा तथा बालबालिकामा पु¥याउन सक्ने अवसर पनि छ । बालबालिका तथा युवामा डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालले पारेको गलत प्रभाव आज समाजमा डरलाग्दो सामाजिक समस्याका रूपमा देखा परेको छ । साइबर अपराध बढेको अवस्थालाई पनि समाजमा गम्भीर रूपमा लिइएको छ । 
त्यसैले सरकारले पुरानो पद्धतिमा आधारित र सशक्त र बलियो शैक्षिक आधारमा रहेको छापा पत्रकारितालाई आज संरक्षण र प्रोत्साहन गर्नु आवश्यक छ । नागरिकलाई पठनपाठन सस्कृति र पत्रपत्रिकाप्रतिको आर्कषण बढाउनुपर्ने अवस्था छ । 
छापा पत्रकारितामा चुनौती मात्र होइन आज पनि धेरै अवसर र सम्भावनाहरू छन् । पत्रिकालाई आज पनि विश्वास र जनस्तरमा बलियो सञ्चार माध्यमका रूपमा लिने गरिएको छ । छापा पत्रकारितालाई उच्च विश्वसनीयता र गम्भीरता अनलाइनमा हुने हतारो र ‘फेक न्यूज’को तुलनामा तथ्य परीक्षण र खोजमूलक रिपोर्टिङ बढी हुने भएकाले यसको विश्वसनीयता उच्च रहन्छ । छापा पत्रकारिताले ससमाचारको महŒवलाई उच्च स्थान दिने भएका कारण पनि पत्रपत्रिकाहरूले पस्कने सामग्रीले नीतिगत तथा विश्लेषणात्मक दृष्टिकोणमा प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ । विचार दैनिक ताजा समाचारभन्दा पनि विषयवस्तुको गहिरो विश्लेषण, सम्पादकीय, र बहुआयामिक दृष्टिकोण प्रस्तुत गर्ने अवसर छापा पत्रकारिताले आज पनि आम पाठकको विश्वास र भरोसालाई कायम राखेको पाइन्छ । पत्रपत्रिका अभिलेख, दस्तावेजको सामग्रीका रूपमा रहने भएको हुँदा आजको डिजिटल मिडियाको बढ्दो प्रभाव र हस्तक्षेपको अवस्थामा पनि छापा पत्रकारिता बलियो रूपमा उभिएको अवस्था छ । विश्वभर नै छापा पत्रकारिताले बलियो विश्वास र बलियो आधार पेस गर्न सक्ने भएकाले पनि यसको महŒव आज पनि सशक्त रहेको छ । छापा माध्यमका संस्करण तथा सामग्रीहरू डिजिटल माध्यमबाट पनि पाठकहरूसमक्ष पुग्न सक्ने भएकाले यसको पहुँच हरेक खालका पाठकहरूसमक्ष रहेको अवस्था छ । यसले ई–पेपर, क्यूआर कोड र मल्टिमिडिया सामग्री जोडेर ‘हाइब्रिड’ मोडल अपनाउन सक्ने सम्भावना पनि छ । 
सरकारले छापा पत्रकारिताको अस्तित्व रक्षा गर्न सकेको अवस्थामा मात्र पत्रकारिताको महŒव भोलिका पुस्ताले पनि सहज रूपमा बुझ्न सक्ने छन् । मातृ संस्थाका रूपमा रहेको छापा पत्रकारिता तथा छापा माध्यमलाई पक्कै पनि सुधार र परिमार्जन गर्न सकिन्छ । छापाको गरिमा र महŒवपूर्ण अंशलाई कायम राख्न नागरिक समाज तथा बौद्धिक वर्ग, निजी क्षेत्रका प्रतिनिधि र राज्य सबैको भूमिका महŒवपूर्ण हुन्छ । पत्रपत्रिकालाई राज्यले दिने सेवा सुविधा, राज्यको सहुलियतमा कटौती गर्नुहुँदैन । पत्रपत्रिकाको मौलिकता र यसको गरिमालाई जोगाउन सकियो भने पठन सस्कृति र सभ्य समाजको विकासमा छापा पत्रकारिताले आज पनि महŒवपूर्ण जिम्मेवारी र भूमिका निर्वाह गर्न सक्छन् । सबै पक्ष र तहले पत्रकारिताको संरक्षण गर्न सकेमा सभ्य समाज र नागरिकको सूचनाको हकलाई कायम राख्न सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण