मेष
आर्थिक पक्षलाई बलियो बनाउने नयाँ उपायहरू दिमागमा आउन सक्छन् । आत्मीय जनको साथ र समर्थनले ठूलो हौसला मिल्नेछ । ध्यान वा मन शान्त पार्ने चिन्तनले मानसिक आनन्द दिनेछ ।
वृष
धेरै दिनदेखि अल्झिएका विषयहरूमा छलफल भएर निष्कर्षतर्फ अघि बढ्ने संकेत छ । आर्थिक कारोबारमा सन्तुलन कायम राख्दा आगामी योजनाहरू सहज बन्नेछन् ।
मिथुन
व्यवसायमा ग्राहक तथा सहयोगीहरूको विश्वास जित्न सकिनेछ । कुनै आवश्यक कामका लागि छोटो तर लाभदायक यात्राको योग रहेको छ । खानपानमा विशेष ध्यान दिएमा शरीर फुर्तिलो र ऊर्जावान् रहनेछ ।
कर्कट
नयाँ विषय सिक्ने वा आफ्नो विशेष सीप प्रदर्शन गर्ने राम्रो अवसर प्राप्त हुनेछ । कर्मक्षेत्रमा देखाएको सक्रियता र मेहनतले सबैको मन जित्न सफल भइनेछ । लेनदेनका विषयमा स्पष्ट निर्णय लिँदा पछि फाइदा पुग्नेछ ।
सिंह
दैनिक कामकाजलाई व्यवस्थित गर्दा समयको सदुपयोग राम्रोसँग हुनेछ । सोचेका योजनाहरूलाई कार्यरूप दिने अनुकूल वातावरण बन्नेछ । धार्मिक वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउँदा मन प्रसन्न रहनेछ ।
कन्या
आफ्नो नेतृत्व क्षमता प्रखर रूपमा देखाउने अवसर मिल्नेछ । चारैतिरबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । सामाजिक भेटघाटबाट भविष्यका लागि उपयोगी सम्बन्ध बन्न सक्छ ।
तुला
पुराना र अधुरा कामहरूलाई जाँगर चलाएर सम्पन्न गर्न सकिनेछ । व्यापार व्यवसायमा नयाँ योजनाहरू बुनँउन अनुकूल समय छ । पढाइलेखाइ वा कुनै विशेष तालिमको क्षेत्रमा उत्कृष्ट प्रगति देखिन सक्छ ।
वृश्चिक
साझेदारीमा गरिने कामहरूबाट उत्साहजनक र सकारात्मक परिणाम हात लाग्नेछ । सिर्जनात्मक सोचले नयाँ सम्भावनाहरूको ढोका उघार्नेछ । अनावश्यक खर्चमा अलि ध्यान दिएमा आर्थिक स्थिति मजबुत रहनेछ ।
धनु
धीरज र संयमका साथ अघि बढ्दा जटिल देखिएका समस्याहरू पनि सजिलै हल हुनेछन् । कार्यक्षेत्रमा आफ्नो लामो अनुभवको राम्रो प्रयोग गर्न सक्नुहुनेछ । शुभचिन्तकहरूको सल्लाहले सही निर्णय लिन सहयोग पुग्नेछ ।
मकर
विभिन्न माध्यमबाट नयाँ अवसर र सम्भावनाहरूको ढोका खुल्न सक्छ । व्यवसाय विस्तार गर्ने सोच बलियो बन्नेछ । उच्च शिक्षा, अध्ययन वा कुनैपनि किसिमको अनुसन्धानमूलक काममा रुचि बढ्नेछ ।
कुम्भ
तपाईंको कडा मेहनतले छिट्टै नै अर्थपूर्ण र सकारात्मक नतिजा दिनेछ । कागजी काम वा सरकारी प्रक्रियासँग जोडिएका विषयहरू सजिलै अघि बढ्नेछन् । विज्ञ व्यक्तिको सल्लाह आज अति उपयोगी साबित हुनेछ ।
मीन
आधुनिक प्रविधि वा नौलो तरिका अपनाएर गरेको काममा अपेक्षकृत् सफलता मिल्नेछ । सहकर्मी वा साथीभाइसँगको सहकार्यले ठूला उपलब्धि हासिल गर्न मद्दत गर्नेछ ।