नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ साउन २९ गते शुक्रबारको राशिफल

मेष
नयाँ योजना र अवसरहरू बढेर जानेछन् । रोकिएका कामहरू सहजै बन्ने सम्भावना छ । हतारमा निर्णय नलिनुहोला, खर्चमा नियन्त्रण राख्नु राम्रो हुन्छ ।

वृष
आर्थिक लाभको योग छ । परिवार र साथीभाइबाट राम्रो सहयोग मिल्नेछ । खानपान र स्वास्थ्यको क्षेत्रमा भने विशेष ख्याल राख्नुपर्नेछ ।

मिथुन
बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ । रोकिएको धन प्राप्त हुनसक्छ । लेनदेन तथा व्यापारिक सम्झौतामा अलि बढी सचेत रहनुहोला ।

कर्कट
पारिवारिक सुख र आत्मीयता बढ्नेछ । नयाँ कामको सुरुवात गर्न मन उत्साहित हुनेछ । मानसिक तनाव वा अनावश्यक चिन्ताबाट जोगिन सोचेर मात्र कदम चाल्नुहोला ।

सिंह
सामाजिक प्रतिष्ठा र प्रभाव बढ्नेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस र हतारमा नियन्त्रण राख्नुहोला । आफन्तसँग मनमुटाव हुनसक्छ ।

कन्या
व्यापार–व्यवसायमा सुधार आउनेछ । नयाँ ज्ञान तथा सीप सिक्ने अवसर मिल्नेछ । अनावश्यक खर्च र यात्रा गर्दा अलि बढी सावधानी अपनाउनुहोस् ।

तुला
मन प्रसन्न रहनेछ । अध्ययन–अध्यापन र रचनात्मक काममा राम्रो नतिजा पाइनेछ । स्वास्थ्यमा सानातिना समस्या देखिन सक्ने भएकाले समयमै ध्यान दिनुहोला ।

वृश्चिक
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । यात्रा वा नयाँ सम्पर्कबाट फाइदा मिल्नेछ । अनावश्यक विवाद वा छलफलमा नपस्नु नै बुद्धिमानी हुनेछ ।

धनु
आर्थिक उन्नति र लाभको योग छ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । कामको चापले थकान महसुस हुनसक्छ, आरामलाई पनि ध्यान दिनुहोला ।

मकर
कार्यक्षेत्रमा प्रशंसा र नयाँ जिम्मेवारी मिल्न सक्छ । आँटेको काममा सफलता पाइनेछ । महŒवपूर्ण निर्णय लिनुअघि अग्रज वा साथीभाइसँग सल्लाह लिनुहोला ।

कुम्भ
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ सोच र ऊर्जा प्राप्त हुनेछ । काममा अलि बढी मिहिनेत गर्नुपर्ने हुनसक्छ, नतिजाका लागि धैर्य राख्नुहोस् ।

मीन
आफन्त र मित्रजनको साथ–सहयोग मिल्नेछ । आर्थिक योजना सफल हुने देखिन्छ । यात्रा वा सवारी साधनको प्रयोगमा अलि बढी सतर्कता अपनाउनुहोला ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्